
काठमाडौं : आइसीसी यू-१९ वुमेन्स टी-२० विश्वकप एसिया क्वालिफायर्स अन्तर्गत थाइल्यान्डविरुद्धको आजको खेलमा नेपाल पराजित भएको छ। थाइल्यान्डसँग नेपाल ४९ रनले पराजित भएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९ दशमलव ५ ओभरमा अलआउट भयो।
थाइल्यान्डको लागि थिपाचा पुथावोङले सर्वाधिक २० रन बनाउँदा बन्थिडा लीफात्थानाले १९ र सुवानन खियाओटोले १६ रन जोडे।
नेपालका मनिषा कुमारी उपाध्याय र क्रितिका मरासिनीले समान २ तथा स्नेहा महराले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो रन जोड्न सकेनन्। श्रृष्टी जैसीले ७ रन, सना प्रविनले ६ तथा अनु कडायत ५ रनमा पेबिलियन फर्किए।
नेपाललाई सस्तैमा समेट्न थाइल्यान्डका नन्थिता बून्सुखामले सर्वाधिक ३ तथा पोर्न्नाफा सेहोइ र थन्यालक चुम्ननले समान १ विकेट लिए।