PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

इम्बोस्ड नम्बर प्लेटविरुद्ध राष्ट्रिय युवा संघ उत्रियो सडकमा

इम्बोस्ड नम्बर प्लेटविरुद्ध राष्ट्रिय युवा संघ उत्रियो सडकमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको हो।

इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच घम्साघम्सी भएको थियो।

यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनलाई साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनेको छ। अनलाइनबाटै नम्बर प्लेटका लागि आवेदन गर्न सकिने प्रणाली समेत विभागले सुरु गरेको बताएको छ। यद्यपि, पास र नवीकरण भइसकेको लाइसेन्ससमेत वर्षदिन बित्दा पनि वितरण गर्न नसक्ने विभागको यो कदम आफैमा प्रश्नयोग्य छ।

*राष्ट्रिय युवा संघ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell