PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इम्बोस्ड नम्बर प्लेटविरुद्ध सडकमा उत्रिएकाहरुमाथि प्रहरीको लाठी

इम्बोस्ड नम्बर प्लेटविरुद्ध सडकमा उत्रिएकाहरुमाथि प्रहरीको लाठी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सो निर्णयको विरुद्धमा यातायात व्यवस्था कार्यालय नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो।

प्रदर्शनकै क्रममा प्रदर्शनकारीहरुले सरकारी गाडीको चाबी खोस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको बताइएको छ।

इम्बोस्ड नम्बर प्लेटको अस्वभाविक मूल्य र सरकारको अव्यवहारिक रबैयाविरुद्ध प्रदर्शन गरिएको युवा संघले जनाएको छ।

यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारीसाधनलाई साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनेको छ। अनलाइनबाटै नम्बर प्लेटका लागि आवेदन गर्न सकिने प्रणाली समेत विभागले सुरु गरेको बताएको छ। यद्यपि, पास र नवीकरण भइसकेको लाइसेन्ससमेत वर्षदिन बित्दा पनि वितरण गर्न नसक्ने विभागको यो कदम आफैमा प्रश्नयोग्य छ।

*राष्ट्रिय युवा संघ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell