PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

कारको डिक्कीबाट ३ करोड ८९ लाख रुपैयाँ बरामद : नागढुंगाबाट ४ चिनियाँ नागरिकसहित ५ जना समातिए



पहिलोपोस्ट

कारको डिक्कीबाट ३ करोड ८९ लाख रुपैयाँ बरामद : नागढुंगाबाट ४ चिनियाँ नागरिकसहित ५ जना समातिए

काठमाडौं : प्रहरीले स्रोत नखुलेको रकमसहित एक नेपाली र चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र चार जना चिनियाँ नागरिक रहेका छन्। उनीहरुलाई मंगलवार बिहान नियन्त्रणमा लिएको हो।

' आज नियन्त्रणमा लिएका हौं। यसको थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई ल्याएको रकम फेला परेको हो। पक्राउ परेका गुरुङ भने गाडीका चालक हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell