PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

गण्डकीका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटेरी प्याड



पहिलोपोस्ट

गण्डकीका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटेरी प्याड

पोखराः गण्डकी प्रदेश सरकारले प्रदेशका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटेरी प्याड उपलब्ध गराउने नीति ल्याएको छ। मंगलबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सो विषय समेटिएको हो।

'प्रदेश सरकारको प्रतिबद्धताः मर्यादित महिनावारी र स्वच्छता’को नाराका साथ महिनावारी विभेद अन्त्य गर्न जनचेतनामूलक कार्यक्रम पनि संचालनमा ल्याइने पनि नीति कार्यक्रममा उल्लेख छ।

कार्यक्रम अन्तर्गत किशोरीको स्वास्थ्य सुरक्षाका लागि प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा निःशुल्क स्यानिटरी प्याड वितरण र विसर्जनको सुविधा उपलब्ध गराउनुका साथै महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याइने छ।

यस्तै प्रदेश सरकारले ज्येष्ठ नागरिकलाई प्रभावकारी रुपले सेवा प्रवाह गर्न 'बा-आमा' कार्यक्रम पनि ल्याएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढंगले प्रदेश सरकारसँग बा-आमा कार्यक्रम सञ्चालन गर्न लागिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै गण्डकी सरकारले एयर लिफ्टिङ, स्तन क्यान्सर, पाठेघरको निःशुल्क उपचारलाई निरन्तरता दिने भएको छ।

यस्तै प्रदेश सरकारले पर्यटनतर्फ हनिमुन टुरिजम कार्यक्रम पनि ल्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell