PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बराबरीमा रोकिए इङ्ग्ल्याण्ड र जर्मनी, इटलीले हंगरीलाई हरायो



पहिलोपोस्ट

बराबरीमा रोकिए इङ्ग्ल्याण्ड र जर्मनी, इटलीले हंगरीलाई हरायो
Photo: UEFA

यूईएफए नेशन्स कप अन्तर्गत गएराति सम्पन्न समूह 'सी'को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्। जर्मनीस्थित एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्ल्याण्डसँग १-१ को बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा जर्मनीले अग्रता बनाएको थियो। खेलको ५० औं मिनेटमा जोनस होफमनले जोसुवा किममिचको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर, खेलको ८८ औं मिनेटमा इङ्ग्याण्ड खेलमा फर्कन सफल भयो। इङ्ग्ल्याण्डका लागि पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ह्यारी केनले गोल गरे। योसँगै केनले इङ्ग्याण्डका लागि ५० गोलको आँकडा पुरा गरेका छन्।

गएराति नै सम्पन्न समूह 'सी' कै अर्को खेलमा इटलीले हंगेरीलाई हराएको छ। इटलीस्थित स्टेडियो डिनो मनुज्जीमा सम्पन्न खेलमा घरेलु टोलीले हंगेरीलाई २-१ गोलअन्तरले हराएको हो। इटलीको जितमा निकोलो बरेला र लोरेन्जो पेल्लेग्रिनीले गोल गर्दा हंगेरीले जिआनलुका मानचिनीको आत्मघाती गोलमा खाता खोलेको थियो।

योसँगै समूहको दोस्रो चरणको खेल सकिँदा ४ अंक जोडेको इटली शीर्षस्थानमा रहँदा ३ अंक जोडेको हंगेरी दोस्रो, २ अंक जोडेको जर्मनी तेस्रो र १ अंक जोडेको इङ्ग्ल्याण्ड चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell