PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज



पहिलोपोस्ट

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

बुटवल : लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक हुँदैछ। दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

गएको सोमवार नै प्रदेश सरकारले नीति कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेपनि प्रदेश प्रमुख शेरचन अस्वस्थ भएपछि नीति कार्यक्रम आजका लागि सारिएको हो। सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा आगामी बजेटमा यसअघि अधुरा रहेका योजना सम्पन्न गर्ने गरी अधुरा योजनाहरू प्राथमिकतामा पर्ने भएका छन्।

प्रदेशको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन नीति कार्यक्रमको प्राथमिकतामा परेको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए। विनियोजन विधेयक–२०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरुको सेरोफेरोमै रहेर नीति तथा कार्यक्रम तयार पारिएको शर्माले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell