मेक्सिकोबाट अमेरिका प्रवेश गर्न हजारौं मानिस अहिले सीमा क्षेत्र पुगिरहेका छन्। लस एन्जलसमा वेस्टर्न हेमिस्फियर लिडर्सहरुको बैठकलाई लक्षित गर्दै काराभान माइग्रेन्ट (आप्रवासी)हरु अमेरिका र मेक्सिकोको सीमा क्षेत्र पुगिरहेका हुन्।
बीबीसीका अनुसार करिब ६ हजार मानिस भेनेजुएला र मध्य अमेरिकी देशबाट उत्तरी मेक्सिको पुगेका छन्। लिडर्सहरुको बैठकको प्राथमिकता नै आप्रवासीहरुको मुद्दा हो। अहिलेको काराभान हालसम्म कै ठूलो हुन अनुमान छ।
सोमबार अमेरिकाका लागि मेक्सिकोको शहर तापाचुलाबाट आप्रवासीहरु प्रस्थान गरेका थिए। हिँड्दै यात्रा गरिरहेका उनीहरु उत्तरी मेक्सिको कहिले पुग्छन् भन्ने यकिन छैन।
आफ्नो देशमा अस्थिरता, हिंसा र गरिबीका कारण मानिसहरु काराभान अन्तर्गत अमेरिका प्रवेशको प्रतिक्षामा छन्।
शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासी मुद्दा समाधानका लागि क्षेत्रिय नेताहरुसँग बैठक बस्ने तयारी गरेका छन्।