PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मधेश प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न उपेन्द्र यादवको माग



पहिलोपोस्ट

मधेश प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न उपेन्द्र यादवको माग

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्ने बताएका छन्। बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले निर्वाचन क्षेत्र निर्धारण भएको समयमा मधेशको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ४६ प्रतिशत रहेको र सोही अनुसार संघीय निर्वाचन क्षेत्र निर्धारण गरिएको उनको भनाइ छ।

‘अहिलेको जनगणनाको रिपोर्ट अनुसार तराई मधेशको जनसंख्या ५३ प्रतिशत छ। तर, प्रतिनिधिसभाको क्षेत्र त्यही छ जुन ४६ प्रतिशत हुँदा थियो’अध्यक्ष यादवले भने, ‘अब ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि अब त्यस अनुसारको निर्वाचन क्षेत्र हुनुपर्‍यो। हामी भनिरहेका छौँ, निर्वाचन क्षेत्रलाई पुनः रिभ्यु गर्नका लागि। पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ।’

अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटीपुर्ण रहेको बताए। उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणाली त्रुटीपुर्ण रहेको र गलत प्रणाली भएका कारण निर्वाचन अत्याधिक खर्चिलो रहेको बताए। विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेका भन्दै उनले नेपालमा विकृतिमुलक र महंगो निर्वाचनले लोकतन्त्रबाट विश्वास उठने खतरा बढ्दै जाने बताए।

यस्तै यादवले वर्तमान पाँच दलीय गठबन्धन नै प्रदेश र संघीय निर्वाचनमा मिलेर जाने बताए।

‘यो गठबन्धन कायमै रहनेछ’ अध्यक्ष यादवले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell