PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

गृहमन्त्री खाण र नेकपा प्रवक्ता विश्वकर्माबिच भेटवार्ता, कैदी बन्दी रिहाको विषयमा छलफल



पहिलोपोस्ट

गृहमन्त्री खाण र नेकपा प्रवक्ता विश्वकर्माबिच भेटवार्ता, कैदी बन्दी रिहाको विषयमा छलफल
फाइल फोटो।

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबिच भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा बुधवार बिहान भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए। यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

सरकारका तर्फबाट गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको जानकारी दिएका थिए।

‘स्थानीय तहको निर्वाचनपूर्व केही कैदी बन्दीलाई रिहा गर्न भएको सहमतिअनुरुप प्रक्रिया अगाडि बढेको छ’, प्रवक्ता पोखरेलले वार्तामा भएको कुराकानीबारे भने, ‘टुंग्याउनका लागि महान्यायाधीवक्ताको कार्यालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र सम्बन्धित पक्षबिच समन्यय भइरहेको छ।’

बैठकमा प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राख्नेका थिए।

अर्को बैठक सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिट्टै बस्ने सहमति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell