PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

असारदेखि भदौसम्म सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही गर्ने चेतावनी



पहिलोपोस्ट

असारदेखि भदौसम्म सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही गर्ने चेतावनी
FILE PHOTO

काठमाडौं : असार १ देखि भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने सूचना सडक विभागले जारी गरेको छ। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र थप बिग्रने भन्दै रोक लगाइएको हो।

सडक विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना निकालेर डिभिजनहरु मातहतका कुनै पनि सडक खन्न नदिने र कसैले जबरजस्ती सडक खनेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ।

अहिले मेलम्ची खानेपानी वितरणका लागि पाइपलाइन बिछ्याउन, विद्युतका तारहरु भूमिगत गर्ने लगायतका कामहरुका लागि सडक खन्ने काम चलिरहेको छ। हरेक वर्ष वर्षायाममा सडक खन्न रोक लगाउने गरिन्छ। तर सूचनालाई अटेर गर्ने व्यक्ति वा निकायमाथि कारबाही हुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell