PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

न्युरोडको रञ्जना गल्लीमा शव भेटियो, सनाखत हुन सकेन

न्युरोडको रञ्जना गल्लीमा शव भेटियो, सनाखत हुन सकेन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तीन दिनदेखि लगातार काठमाडौंका विभिन्न स्थानमा मानिसको शव भेटिरहेका छन्। सोमबार फर्पिङको जंगलमा, मंगलबार धोबीखोला र आज न्यूरोडमा शव भेटिएको हो। काठमाडौंको न्यूरोडको रञ्जना गल्तीमा एक पुरुषको शव फेला परेको हो।

शव देखिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। महानगरीय प्रहरी वृत जनसेबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

'एक जनाको शव भेटीएको छ। घटनाको थप अनुसन्धान गरिरहेका छौं,' एसपी मैनालीले भने।

मंगलबार काठमाडौंको धोबीखोलामा पनि एक पुरुषको एक शव भेटिएको थियो। सुकेधाराबाट कपन जानेबाटोमा ढलाने पुल नजिकै शव भेटिएको थियो। खोलामा डुबेको अवस्थामा शव भेटिएको थियो।

शव जाँच मुचुल्का उठाएर पोस्टमार्टमको लागि अस्पताल पठाएर थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ। सोमवार बिहान मात्र काठमाडौंको फर्पिङमा एक युवक र युवतीको शव भेटिएको थियो। अहिले यस घटनाको पनि अनुसन्धान भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell