PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

काठमाडौंमा किन फोहोर उठिरहेको छैन? एमालेले माग्यो सरकारको धारणा



पहिलोपोस्ट

काठमाडौंमा किन फोहोर उठिरहेको छैन? एमालेले माग्यो सरकारको धारणा

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका हुन्। उनले भने, ‘काठमाडौँको कुनै सडक, गल्लीको फोहर उठेको छैन। जताततै फोहरको डङ्गुर बनिसक्यो, त्यसैले तत्काल फोहर उठ्नुपर्छ र समस्या समाधान हुनुपर्छ।’

श्रेष्ठले सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिबिच सहमति भए पनि फोहर फाल्न नदिने प्रवृत्ति दोहोरिएको भन्दै त्यहाँका जनताको माग सम्बोधन गर्न माग समेत गरेका छन्। उनले फोहर नउठे अब काठमाडौँका जनता चुप लागेर नबस्ने भन्दै फोहर व्यवस्थापनका लागि बल प्रयोग गरेर नभई सहमति र समझदारीका साथ समाधान खोजिनुपर्नेमा जोड दिए। श्रेष्ठले काठमाडौँको फोहर नउठेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै तत्काल फोहर उठ्छ कि उठ्दैन सभामुखमार्फत रुलिङ गर्न माग समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell