PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

युरोपमा विद्युतीय उपकरणमा ‘टाइप-सी चार्जर’ अनिवार्य गरिने, एप्पलले के गर्ला ?



पहिलोपोस्ट

युरोपमा विद्युतीय उपकरणमा ‘टाइप-सी चार्जर’ अनिवार्य गरिने, एप्पलले के गर्ला ?
Photo : gizchina

युरोपियन युनियन सन् २०२४ देखि सबै नयाँ पोर्टेबल इलेक्ट्रोनिक डिभाइसहरुमा अनिवार्य युएसबी टाइप-सी चार्जर प्रयोग गर्न सहमत भएको छ। यसको मतलब अब अधिकांश विद्युतीय डिभाइसमा एउटै चार्जर प्रयोग गर्न मिल्नेछ।

पछिल्लो समय बजार भित्रिएका एन्ड्रोइड डिभाइसहरुमा टाइप-सी चार्जर भए पनि एप्पलका प्रडक्टहरु आइफोन र आइप्याडमा त्यो सपोर्ट गर्दैन। अहिले भइरहेका डिभाइसहरुमा भने नयाँ नियम लागू नहुने बताइएको छ। अब एप्पललाई पनि आफ्नो डिभाइस सि-टाइप चार्जर चलाउन मिल्ने बनाउन दबाब बढ्ने छ।

सहमतिलाई अब युरोपेली संसद र मन्त्रिपरिषद्ले औपचारिक रुपमा अनुमोदन गरेपछि कार्यान्वयनमा जानेछ। युरोपेली युनियनका अनुसार नयाँ नियम मोबाइल फोन, ट्याबलेट, हेडफोन/हेडसेट, ह्यान्डहेल्ड भिडियो गेम कन्सोल्स र पोर्टेबल स्पिकरमा लागू हुनेछ।

यी डिभाइसहरु जुन कम्पनीले उत्पादन गरिपनि अनिवार्य युएसबी टाइप-सी पोर्टबाट चार्ज गर्न मिल्ने हुनुपर्ने बताइएको छ। यसले विद्युतीय फोहोर कम गर्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell