PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा



पहिलोपोस्ट

काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनको सन्दर्भमा शहरी विकास मन्त्रालय र महानगरले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य भएको बताएका छन्। प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन्।

तर, कतिपय कुरा यी दुई वटा निकायले चाहेर मात्रै पनि गर्न सम्भव नभएको भन्दै उनले यसको पहल कदमी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।

‘कतिपय स्रोत साधनको कुरा गर्न कानुन नियमको गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल कदमी लिनुपर्नेछ। यसको लागि म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।’

सरकारले आफ्नो कर्तव्य पूरा गर्दैगर्दा नगरवासीले पनि केही कामहरु गर्नु पर्ने उनको भनाइ थियो। र, त्यसको लागि साउन १ गतेबाट स्रोतबाट नै कुहिने र नकुहिने फोहोर अनिवार्य रुपमा महानगरले भने अनुसार छुट्याउन उनले आग्रह समेत गरेका छन्।

‘काठमाडौं महानगरवासी भएको नाताले र यस क्षेत्रको एउटा सांसद भएको नाताले पनि महानगरको फोहोरमुक्त बनाउने अभियानमा सम्पूर्ण महानगरवासीले साथ दिन म हार्दिक अनुरोध गर्दछु,’ उनले भने।

त्यस्तै, यो कार्यक्रमलाई सफल बनाउन काठमाडौं महानगरसँग जोडिएका अन्य पालिकाले पनि सँगै काम गर्नुपर्ने उनको धारण छ। साथै, सम्पूर्ण वडाहरुले तयारी गर्नुपर्ने र संघसंस्थाहरुलाई परिचालन गरिनुपर्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell