PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

न्यूरोडको रञ्जना गल्लीमा भेटिएको शवको सनाखत, टेकुका ३४ वर्षीय सुरेन महर्जन



पहिलोपोस्ट

न्यूरोडको रञ्जना गल्लीमा भेटिएको शवको सनाखत, टेकुका ३४ वर्षीय सुरेन महर्जन

काठमाडौं : काठमाडौंको न्यूरोडस्थित रञ्जना गल्लीमा आज बिहान भेटिएको एक पुरुषको शव सनाखत भएको छ। प्रहरीका अनुसार मृतक काठमाडौं टेकुका ३४ वर्षीय सुरेन महर्जन भएको खुलेको छ। आज बिहान अचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

महानगरीय प्रहरी वृत जनसेवाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलबाट मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

अहिले घटनाको अनुसन्धान महानगरीय अपराध महाशाखाको टोलीले पनि गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell