PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

स्वदेश फर्किए भार्गोस, पशुपतिनाथलाई शब्दमै वर्णन गर्न नसकिने भनाइ



पहिलोपोस्ट

स्वदेश फर्किए भार्गोस, पशुपतिनाथलाई शब्दमै वर्णन गर्न नसकिने भनाइ

काठमाडौं : ‘मिस्टर सुपरनेश्नल २०२१’ का विजेता भरो भार्गोसले पशुपतिनाथ मन्दिर निक्कै शान्त रहेको र त्यहाँ महसुस हुने भावना शब्दमा वर्णन गर्न नसकिने बताएका छन्।

पेरूका भार्गोस ‘मिस्टर र मिस सुप्रानेश्नल नेपाल २०२२’ निर्णायकको रुपमा सहभागी हुन नेपाल आएका थिए। प्रतियोगीतामा भाग लिन भार्गोसका साथमा एन्टोनियो पोर्सिल्ड (मिस सुपरनेश्नल २०१९) र आन्द्रे स्ले (मिस सुप्रानेश्नल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर) समेत आएका थिए।

पशुपतिनाथका साथै उनीहरूले स्वयम्भु, बौद्ध, पोखरा, घलेगाउ लगायत भ्रमण गरे। भार्गोसले जीवन एक उपहार हो भन्ने कुरा पशुपतिनाथ मन्दिरमा आएपछि महसुस भएको समेत बताए।

नेपाल आएका उनीहरुले यहाँको सुन्दरताको समेत प्रशंसा गर्दै एन्जाईटीसँग जुधिरहेका मानिसका लागि नेपाल उपयुक्त गन्तव्य भएको समेत सुझाएका छन्। काठमाडौंमा कार्यक्रम सकाएर उनीहरू स्वदेश फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell