PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

माओवादीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठेको छ : वर्षमान पुन



पहिलोपोस्ट

माओवादीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठेको छ : वर्षमान पुन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्न आवाज उठिरहेको बताएका छन्। बुधवार नयाँ बानेश्वरस्थित संसद् भवनमा पुनले माओवादी केन्द्रमा पनि सरकारमा सहभागी बनेका मन्त्रीहरुलाई फेर्नुपर्ने आवाज उठेको बताएका हुन्।

नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी, जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको छ। एकीकृत समाजवादीले अन्य दलमा पनि मन्त्री फेर्नुपर्ने माग उठेकोले आफूले सिफारिस गरेका मन्त्रीहरु नियुक्त हुन ढिलाइ भएको बताइरहेका छन्।

मन्त्री फेर्न आवाज उठे पनि पार्टीभित्र भने यस विषयमा कुनै छलफल भने नभएको उनले बताए।

‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन। समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ। कांग्रेसमा पनि दबाब छ। जसपामा दबाब छ। यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन। हाम्रो अझै छलफल सुरु भएको छैन। अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ,’ उनले भने।

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भने संसद्मा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताएका छन्। उनले अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने बताएका छन्।

‘सरकारमा फेरबदल नै गर्नुपर्ने भए पनि, पहिलो त संयुक्त सरकार हो यो। संयन्त्र छ। आचारसंहिताहरु छन्। मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरु बदल्छु भनेर कहीँ मिल्छ त्यो? त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन। र अहिले पछिल्लो बेलामा शीर्ष नेताहरु बसिसकेर अहिले बाहिर सार्वजनिक पनि भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरुले सच्याउनुभएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell