PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने, को हुनेछन् मुख्य भूमिकामा?



पहिलोपोस्ट

हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने, को हुनेछन् मुख्य भूमिकामा?

हलिउड फिल्म ‘जोकर’को सिक्वेल बन्ने भएको छ। निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको निर्माण गर्ने जानकारी दिएका हुन्। साथै, उनले फिल्मको दोस्रो सिक्वेलको शिर्षक समेत सार्वजनिक गरेका छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Todd Phillips (@toddphillips)

दोस्रो सिक्वेलको टाइटल ‘जोकर : फोली अ डू’ राखिएको छ। जोकरको यस सिक्वेललाई स्कट सिल्भर र फिलिप्सले लेख्ने छन्। ‘जोकर’को सिक्वेलमा पनि जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिने समेत फिलिप्सले पुष्टि गरेका छन्।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘जोकर’ले विश्वभरिबाट एक बिलियन डलर कलेक्सन गरेको थियो। ब्लकबस्टर यस फिल्मले नेपालमा समेत राम्रो व्यापारका गर्नुका साथै चर्चा कमाएको थियो। यो फिल्म ओस्कार अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र एडप्टेड पटकथासहित १२ विधामा मनोनयनमा परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell