PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

नेपाल-भारत ‘फिजिकल्ली च्यालेन्ज्ड’ क्रिकेट सिरिज हुँदै, विश्वकप आयोजनाको समेत तयारी!



पहिलोपोस्ट

नेपाल-भारत ‘फिजिकल्ली च्यालेन्ज्ड’ क्रिकेट सिरिज हुँदै, विश्वकप आयोजनाको समेत तयारी!

काठमाडौं : ह्विलचेयर क्रिकेट संघ नेपालले नेपाल र भारतबिच टी-२० इन्टरनेशनल ‘फिजिकल्ली च्यालेन्ज्ड क्रिकेट सिरिज’ आयोजना गर्ने भएको छ। सिरिज मुलपानी क्रिकेट स्टेडियममा जेठ २७ गतेदेखि ३० गतेसम्म आयोजना हुनेछ।

‘टी-२० फर्म्याटमा खेलाइने यस प्रकारको क्रिकेटलाई स्ट्याण्डिङ क्रिकेट भनिन्छ। जसमा दौडन नसक्ने व्यक्तिको बदलामा अतिरिक्त रनर राखिन्छ। बाँकी सबै आइसीसीको नियमअनुसार खेलाइन्छ,’ आयोजकले भनेको छ।

खेलको तयारी पूरा भएको भन्दै आयोजक कमिटीका डाइरेक्टर रबीन्द्र गुप्ताले स्ट्याण्डिङ क्रिकेट विश्वकपको लागि समेत पहल सुरु भइसकेको बताए।

‘आइसीसी फिजिकल्ली च्यालेन्डले हामीलाई तयारी अगाडि बढाउनुस् भन्नु भएको छ। विश्वकप २०२३ मा हुनेछ,’ उनले भने।

यद्यपि, यसको आधिकारिक निर्णय हुन भने बाँकी नै रहेको छ।

नेपाली टोलीका कप्तान आरपी खरेलले भारतको टोली राम्रो भएको भन्दै नेपाली टोलीले पनि त्यतिकै चुनौती दिने बताए। उनले अघिल्लो सिरिजको तुलनामा नयाँ खेलाडी धेरै थपिएको भन्दै भारतलाई राम्रो चुनौती दिने बताए। प्रतियोगिताका लागि २२ लाख बजेट लाग्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell