PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पदोन्नति भएका तीन उपरथीलाई प्रधानसेनापति प्रभुराम शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान



रासस

पदोन्नति भएका तीन उपरथीलाई प्रधानसेनापति प्रभुराम शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका दीपक कुमार बानिया, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयानुसार बढुवा भएका उनीहरुलाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक समारोहबिच प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

पदोन्नति भएसँगै बानिया नेपाली सैनिक वार कलेजको शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल श्रीयुद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को सोही निर्णयबमोजिम महासेनानीबाट सहायक रथीमा पदोन्नति भएका दुई सैनिक अधिकृतलाई समेत सोही क्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell