PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारी वर्षाले जब चोकमा थुप्रिएको फोहोर सडकभरि बनायो...

भारी वर्षाले जब चोकमा थुप्रिएको फोहोर सडकभरि बनायो...

प्रवीण रानाभाट/पहिलोपोस्ट


उपत्यकामा फोहोर थुप्रिएको एक महिना नै भयो। चोक चोकमा फोहोर थुप्रिदा दूर्गन्ध बढिरहेको छ। नागरिकको दैनिकी नै कष्टकर उन्मुख छ। सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र नुवाकोट तथा धादिङका दुई पालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापनमा सहमति भए पनि कार्यान्वयन भएन। सहमति कार्यान्वयन नभएसँगै थुप्रिएको फोहोर पुनः उठ्न सकेन।

जनप्रतिनिधिको रोहबरमा सहमति भए पनि प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि जनाउँदै माग यथावत राखेपछि सडकको फोहोर उठेको छैन। मंगलबार फोहोर बोकेका गाडीलाई सिसडोलमा स्थानीयले अवरोध समेत गरे। जसकारण स्थानीयमाथि प्रहरीले लाठीचार्ज गरेको थियो। उक्त घटनाको पनि विरोध भइरहेको छ।

फोहोर सडक थुप्रिएकै बेला बुधबार दिउँसो काठमाडौँमा भारी वर्षा भएको छ। मनसुन सक्रिय भएसँगै केही दिनदेखि पानी पर्ने क्रम बढेको छ। भारी वर्ष हुँदा सडक किनारामा थुप्रिएको फोहोर तैरिएर सडकको बीच भाग र सडक पेटीमा समेत पुगेको छ। जसले सवारी र पैदलयात्रु आवागमनलाई समेत बाधा पुर्‍याएको छ।   



ट्रेन्डिङ पोस्ट

Ncell