PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

टुकुचा खोलाको भेलले बगायो मोटरसाइकल, चालकको उद्धार



पहिलोपोस्ट

टुकुचा खोलाको भेलले बगायो मोटरसाइकल, चालकको उद्धार

काठमाडौं : अहिले परेको पानीले टुकुचा खोलामा पानीको बहाब बढ्दा एक जनालाई मोटरसाइकलसहित बगाएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक रहेको टुकुचा खोलाले बगाएका काठमाडौंको धापासी घर भएका २१ वर्षीय सुरज अर्यालको सकुशल उद्धार गरिएको छ।

उनलाई वाग्मती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकलसहित बगाएको प्रहरीले जनाएको छ। अर्यालको तत्काल सकुशल उद्धार गरिएको भएपनि मोटरसाइकल भने फेला नपरेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell