PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

विश्वराजको घर बिदा आइजी सिंहले गरे अस्वीकृत



पहिलोपोस्ट

विश्वराजको घर बिदा आइजी सिंहले गरे अस्वीकृत

काठमाडौं : एआइजी विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ। एआइजी पोखरेलले आज १० दिनको घर बिदा माग्दै निवेदन दिएका थिए।

उनको बिदा अस्वीकृत भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए। सरकारले आइजीमा धीरज प्रताप सिंहलाई बढुवा गरेपछि एआइजी घरबिदामा बसेका थिए। उनको बिदा आजबाट सकिएको थियो।

कनिष्ठलाई आइजी बनाएको भन्दै अदालतमा पोखेलले निवेदन दिएका थिए। एउटै ब्याचका चार जना एआइजीहरू आइजीको प्रर्तिस्पर्धामा थिए।

२०७७ मंसिरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका भएका थिए। त्यस्तै, ७ महिनापछि पोखरेलपछि डीआइजी सहकुल थापालाई पनि सरकारले एआइजीमा बढुवा गर्‍यो। त्यसको ९ महिनापछि फेरि तीन जना एआइजीको पद थपेर बढुवा भए। डीआइजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र बहादुर धानुक बढुवामा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell