PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित



पहिलोपोस्ट

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
फाइल फोटो

जनकपुरधामः मधेश प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। नीति कार्यक्रम पारितका लागि मुख्यमन्त्री लालबाबु राउतले राखेको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो। जेठ २२ गते प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति कार्यक्रम सभामा पेश गरेका थिए।

नीति तथा कार्यक्रममा सदस्यहरु सुन्दरबहादुर विश्वकर्मा, बच्चा राउत अहिर, परमेश्वर साह र बाबुलाल साह कानूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

नीति तथा कार्यक्रममा मंगलबार र बुधबार गरेर दुई दिन छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell