PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेपाल भर्सेस जोर्डन: पहिलो हाफ गोलरहित बराबरीमा रोकियो



पहिलोपोस्ट

नेपाल भर्सेस जोर्डन: पहिलो हाफ गोलरहित बराबरीमा रोकियो

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज जारी नेपाल र जोर्डनबीचको खेलको पहिलो हाफ बराबरीमा रोकिएको छ। एएएफसी एसियन कप छनोट अन्तर्गत कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा जारी समूह 'ए' को खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो।

नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपाललाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा अवसरहरु भने बताएको थियो। खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा जोर्डन चुकेको थियो। जोर्डनका मोहम्मद सुलेमानको प्रहार राष्ट्रिय टोलीबाट डेब्यु गरेका गोलकिपर दीप कार्कीले बचाएका थिए।

नेपाल एसिया कप छनोटको समूह 'ए' मा नेपालसहित इण्डोनेसिया, जोर्डन र कुवेत छन्। छनोटमा छ वटा समूह छन्। जसबाट हरेक समूहका शीर्ष १ टोली र दोस्रो स्थानमा रहने मध्येका उत्कृष्ट पाँच टोलीले एसिया कपमा स्थान बनाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell