PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपाल जोर्डनसँग पराजित



पहिलोपोस्ट

नेपाल जोर्डनसँग पराजित
तस्बीर: एनएसजेएफ

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली जोर्डनसँग पराजित भएको छ। कुबेतस्थित जबेर अल अहमेद इन्टरनेशनल स्टेडियममा सम्पन्न समूह 'ए' को खेलमा नेपाली टोली जोर्डनसँग २-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दुबै गोल नेपालले दोस्रो हाफमा ब्यहोरेको थियो।

नवयुग श्रेष्ठको कप्तानीमा उत्रिएको नेपाललाई जोर्डनले दवाबमा राखेपनि नेपालले काउन्टरमा केही अवसरहरु भने बनाएको थियो। खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा जोर्डन चुकेको थियो। जोर्डनका मोहम्मद सुलेमानको प्रहार राष्ट्रिय टोलीबाट डेब्यु गरेका गोलकिपर दीप कार्कीले बचाएका थिए।

दोस्रो हाफमा भने नेपालले जोर्डनलाई रोक्न असफल रह्यो। खेलको ६९औं मिनेटमा अलि इयाद ओलवनले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए। त्यस्तै पेनाल्टी क्षेत्रभित्र नेपाली टोलीका डिफेन्डर विकास खवासले खराब ट्याकल गरेपछि ८१ औं मिनेटमा जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। जसलाई सदुपयोग गर्दै हम्जा अल डरडोअरले गोल गरे।

योसँगै जोर्डन समूह ए को शीर्षस्थानमा उक्लिएको छ। अर्कोतर्फ समूह ए कै अर्को खेलमा इन्डोनेसियाले कुवेतमाथि २-१ गोलअन्तरले जित निकालेको छ। समान ३ अंक जोडेको इन्डोनेसिया दोस्रो स्थानमा छ भने अंकविहीन कुवेत र नेपाल तालिकाको तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell