PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एसियन क्वालिफायर्समा दक्षिण एसियाबाट निराशाजनक नतिजा: नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश पराजित, भारत भने विजयी



पहिलोपोस्ट

एसियन क्वालिफायर्समा दक्षिण एसियाबाट निराशाजनक नतिजा: नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेश पराजित, भारत भने विजयी
Photo: Indian Football Team

काठमाडौं: एएफसी एसियन कप छनोट अन्तर्गत आज राति सम्पन्न १२ खेल मध्ये पाँच दक्षिण एसियाली देशको पनि खेल सम्पन्न भएको छ। आज सम्पन्न खेलमा दक्षिण एसियाका नेपालसहित माल्दिभ्स, बंगलादेश र श्रीलंकाले पराजय ब्यहोरेका छन्।

समूह 'ए' को खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित हुँदा समूह 'ई' मा बंगलादेश बहराइनसँग २-० गोलअन्तरले नै पराजित भयो। त्यस्तै समूह 'सी' मा माल्दिभ्स थाइल्याण्डसँग ३-० ले पराजित हुँदा समूह 'सी' मै श्रीलंका उज्बेकिस्तानसँग ३-० कै हार ब्यहोर्न पुग्यो।

दक्षिण एसियाबाट भारतले भने कम्बोडियामाथि जित निकालेको छ। सुनिल क्षेत्रीको दोहोरो गोलको सहायतामा भारतले वरीयतामा पछाडि रहेको कम्बोडियामाथि २-० गोलको जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell