PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध



पहिलोपोस्ट

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध

मुग्लिनः वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको अधिकारीले बताए।

पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको  हो। इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell