PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

अन्टार्टिकाको ताजा हिउँमा भेटियो ‘माइक्रोप्लास्टिक’



पहिलोपोस्ट

अन्टार्टिकाको ताजा हिउँमा भेटियो ‘माइक्रोप्लास्टिक’
File Photo : अन्टार्टिकामा पेन्गुइन

वैज्ञानिकहरुले अन्टार्टिकामा परेको ताजा हिउँमा माइक्रोप्लास्टिक फेला पारेका छन्। बीबीसीका अनुसार न्यूजिल्यान्डको युनिभर्सिटी अफ क्यानटर्बरीका अनुसन्धानकर्ताहरुले अन्टार्टिकाको १९ स्थानबाट नमूनाहरु संकलन गरेका थिए। संकलित सबै नमूना परीक्षण गर्दा सबैमा प्लास्टिकका टुक्रा भेटिएको हो।

पग्लिएको हिउँबाट प्रति लिटर २९ ‘पार्टिकल’ भेटिएको छ। क्रायोस्पेयर जर्नलमा एलेक्स एभ्सले स्थानीय वैज्ञानिक अनुसन्धान केन्द्रबाट ‘एयरबर्न माइक्रोप्लास्टिक’ उत्पन्न भएको हुन सक्ने उल्लेख गरेका छन्। ती प्लास्टिकहरु नमनूना संकलन गरिएको भन्दा ६ हजार किलोमिटर टाढाबाट विकास भएको अनुसन्धानका क्रममा भेटिएको छ।

यसअघि पनि अन्टार्टिकाको बरफ र पानीमा माइक्रोप्लास्टिक भेटिएको थियो। अहिले भने पहिलोपटक त्यहाँको ताजा हिउँमा पनि माइक्रोप्लास्टिक भेटिएको हो। एक अध्ययनका अनुसार विश्वभर माइक्रोप्लास्टिक फैलिरहेको छ। हावा, धुलो र समुद्री करेन्टले माइक्रोप्लास्टिक फैलाइरहेको बताइन्छ।

सन् २०२० मा सगरमाथा क्षेत्र नजिकै पनि माइक्रोप्लास्टिक भेटिएको थियो। यसअघि तल्लो समुद्री क्षेत्रमा पनि माइक्रोप्लास्टिक भेटिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell