PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

बाढीमा कसरी मानिसलाई बचाउने? भक्तपुरको सिद्धपोखरीमा सुरक्षाकर्मीलाई दिइयो प्रशिक्षण



पहिलोपोस्ट

बाढीमा कसरी मानिसलाई बचाउने? भक्तपुरको सिद्धपोखरीमा सुरक्षाकर्मीलाई दिइयो प्रशिक्षण
तस्विर : भक्तपुर नगरपालिका

काठमाडौं : नेपालमा मनसुन भित्रिएसँगै बाढी पहिरोको जोखिम बढेको छ। भारी वर्षाका कारण शहर जलमग्न हुन थालेका छन् भने खोलामा पनि भेल बढेको छ। यस्तो अवस्थामा सम्भावित प्राकृतिक प्रकोपको बेला उद्धार र राहतका कसरी जुट्ने भनेर भक्तपुरमा प्रशिक्षण दिइएको छ।

नेपाली सेनाको श्री उपत्यका कमाण्ड हे क्वा: ले आयोजना गरेको 'अभ्यास मनसुन २' प्रशिक्षण आज सम्पन्न भएको हो। जेठ २४ गतेदेखि भक्तपुरको सिद्धपोखरीमा सुरु भएको प्रशिक्षणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता थियो।

मौसम पूर्वानुमान महाशाखाले वर्षाका कारण नदीको बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा बस्दै आएकाहरुलाई सचेत रहन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell