PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

मौसम पूर्वानुमान : वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा



रासस

मौसम पूर्वानुमान : वाग्मती र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा
फाइल फोटो।

काठमाडौं : नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ। प्रदेश १ र मधेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

राजधानी काठमाडौंमा बिहानैदेखि हल्का वर्षा भइरहेकोमा अहिले रोकिएको छ। उपत्यकामा पूर्ण रुपमा बदली छ। दिउँसो प्रदेश १, मधेश प्रदेस, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। काठमाडौंको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell