PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कीर्तिपुरमा गुनासो सुन्न 'हेलो मेयर'



पहिलोपोस्ट

कीर्तिपुरमा गुनासो सुन्न 'हेलो मेयर'
तस्विर : विरेन्द्र शाक्य/फेसबुक

काठमाडौं : कीर्तिपुर नगरपालिकामा ‘हेलो मेयर’ कार्यक्रम सुरु भएको छ। नगरवासीको सुझाव र गुनासो सुन्न नगरपालिकाले आजबाट ‘हेलो मेयर’ कार्यक्रम सुरु गरेको हो।

नगरपालिका प्रमुख राजकुमार नकर्मीले टोल फ्रि नम्बर घोषणा गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि बसेको पहिलो कार्यपालिका बैठकले कल सेन्टर स्थापना गरेर नागरिकको गुनासो र सुझाव सुन्न कार्यक्रम ल्याउने निर्णय गरेको थियो।

नगरपालिकाका अनुसार ट्रोल फि ‘१६६००१११७९५’ नम्बरमा फोन गरेर नगरवासीले गुनासो टिपाउन सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell