PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

कंगनापछि अक्षयकुमार 'फ्लप'



पहिलोपोस्ट

कंगनापछि अक्षयकुमार 'फ्लप'

गत शुक्रवार रिलिज भएको अक्षयकुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’ ले दर्शकको साथ पाउन सकिरहेको छैन। राजपूत सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित यस फिल्मले पाँचौ दिनसम्म ४८.६५ करोडको मात्रै व्यापार गरेको छ। जुन अनुमानित भन्दा निकै कम हो।

अक्षयका साथै यस फिल्ममा मिस वर्ल्ड मानुषी छिल्लरको पनि मुख्य भूमिका रहेको छ। दर्शकको संख्या न्यून भएसँगै ‘पृथ्वीराज’ को शोहरू क्यान्सिल हुन थालेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार 'जिरो अकुपेन्शी'का कारण धेरै हलहरूले फिल्मको शोहरू हटाएका छन्। अक्षयको यो फिल्मको कथा निकै फितलो रहेको बताइन्छ। साथै, राष्ट्रवादी फिल्मका रुपमा प्रचारप्रसार गरेका कारण पनि यो फिल्मले दर्शक नतानेको अनुमान गरिएको छ।

अक्षयकुमारको ‘पृथ्वीराज’को हालत पनि कंगनाको रनावतको ‘धक्कड’ जस्तै भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समर्थक कंगनाको धक्कड पनि फ्लप भएको थियो। आठौं दिनमा धक्कडको मात्र २० वटा टिकट बिक्री भएको थियो।

शुक्रवार नै रिलिज भएको दक्षिण भारतीय फिल्म ‘विक्रम’ ले भने राम्रो व्यापार गरिरहेको छ। कमल हसन अभिनित यस फिल्मले पाँच दिनमा विश्वभरबाट दुई सय करोड भारतीय रूपैयाँ कलेक्सन गरेको छ। राम्रो व्यापार गर्नुका साथै फिल्मले राम्रो प्रतिक्रिया समेत पाइरहेको छ। लोकेश कनागराज निर्देशित एक्सन जनरामा निर्माण भएको फिल्ममा कमलसँगै विजय सेतुपति, शिवानी नारायण लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell