PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भित्री वस्त्रमा फल्स पकेट बनाएर कतार हुँदै सुन बोकेर आएका युवक विमानस्थलमा समातिए



पहिलोपोस्ट

भित्री वस्त्रमा फल्स पकेट बनाएर कतार हुँदै सुन बोकेर आएका युवक विमानस्थलमा समातिए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले भित्र्याएको सुन सहित एक जना युवक पक्राउ परेका छन्।

विमानस्थलको भन्सार कार्यालयले शङ्का लागेर चेक गर्दा भित्री बस्त्र (कट्टु)मा सुन लुकाएको अवस्थामा धनुषा घर भएका एक युवकलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। उनी आज बिहान ९ बजेर ४५ मिनेटमा कतार एयरवेजको उडान नम्बर क्यूआर ६५२ बाट कतार हुँदै नेपाल आएका थिए।

पुरुषले लगाई राखेको भित्री वस्त्रमा फल्स पकेट बनाई बिस्कुट आकारको सुन ४ जम्मा तौल ४६६.५ ग्राम र सिक्री आकारको सुन १ थान तौल ५० ग्राम गरी जम्मा ५१६.५ ग्राम बरामद गरेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell