PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भक्तपुर नगरपालिकाले १०० शय्याको अस्पताल संचालन गर्ने, नर्सिङ शिक्षा पुन: सुरु हुने



पहिलोपोस्ट

भक्तपुर नगरपालिकाले १०० शय्याको अस्पताल संचालन गर्ने, नर्सिङ शिक्षा पुन: सुरु हुने

भक्तपुर : भक्तपुर नगरपालिकाले १०० शय्याको अस्पताल संचालन गर्ने भएको छ। नगरपालिकाद्वारा संचालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल संचालनको लागि अनुमति मिलेको हो।

२०७८ फागुन १ गतेदेखि लागू हुने गरि ६ महिना परीक्षणकाल रहने गरि प्रदेश स्वास्थ्य निर्देशनालयले १ वर्षको लागि १०० शय्याको अस्पताल संचालनको लागि अनुमति प्रदान गरेको नगरपालिकाले जनाएको छ। उक्त पत्र २०७९ जेठ २३ गते नगरपालिकाले जनाएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले आफ्नै १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने  व्यवस्थाका कारण २५ शय्याको ख्वप अस्पताललाई १०० शैय्यामा स्तरोन्नति गर्न लामो समयदेखि प्रयासरत रहेको बताए। १०० शय्या क्षमतामा ख्वप अस्पताल संचालन भएसँगै अस्पतालको सेवा तथा सुविधाहरुलाई स्तरीय बनाइँदै लगिने र नर्सिङ शिक्षा पनि संचालन हुने उनले बताए।

ख्वप अस्पतालले हाल दैनिक ६०० भन्दा बढी बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell