PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

धादिङको धुनिबेँसीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु



रासस

धादिङको धुनिबेँसीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

धादिङ : धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। धुनिबेँसी नगरपालिका-६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका-५ स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell