PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मलेसियामाथि नेपालको सान्त्वना जित



पहिलोपोस्ट

मलेसियामाथि नेपालको सान्त्वना जित
तस्विर: क्यान

आईसीसी यू १९ टी २० विश्वकप छनोट अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेशियामाथि जित निकालेको छ। यूकेएम-वाइएसडी क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि २५ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनाएको थियो। नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउँदा आशा पुलामी मगरले २६ रन बनाइन्। त्यसबाहेक शृष्टी जैशी, सनु राजवंशी र अनु कडायतले समान ३ रन बनाए। बलिङतर्फ मलेसियाका नुर डनिया समदले सर्वाधिक २ विकेट लिँदा एल्सा हन्टरले १ विकेट लिइन्।

जवाफी ब्याटीङमा उत्रिएको मलेसिया ४ विकेट गुमाउँदै ६१ रनमा समेटियो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २८ रन बनाउँदा ऐनुर एमेलिनाले अविजित ८ तथा नुरहसयिमा तज्जुद्दिनले अविजित ७ रन बनाइन्।

बलिङतर्फ नेपालका कृतिका मरासिनीले २ तथा मनिषा कुमारी उपाध्यायले १ विकेट लिइन्।

यो सँगै विश्वकप छनोटका सबै खेल नेपालले खेलिसकेको छ। यसअघिका खेलमा नेपालले कतार र भुटानलाई हराएको थियो भने यूएई र थाइल्याण्डसँग पराजित हुँदै विश्वकपको होडबाट बाहिरि सकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell