PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

नेपाली क्रिकेट टोलीले अमेरिकामा ओमनको सामना गर्दै, ‌ओपनिङ ब्याटिङकै चुनौती



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीले अमेरिकामा ओमनको सामना गर्दै, ‌ओपनिङ ब्याटिङकै चुनौती
फाइल फोटो : क्यान

काठमाडौं: आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा आज बेलुकी सवा ९ बजे नेपाल र ओमन आमनेसामने हुनेछन्।

लिग २ को तयारीका लागि नेपाल छँदा जिम्बावे 'ए' सँग अभ्यास सिरिज खेलेको नेपाली टोलीले अमेरिका पुगेर त्यहाँका क्लबसँग दुईवटा अभ्यास खेल खेलेको थियो।

एकदिवसीय क्रिकेटमा चीर प्रतिद्वन्दी ओमनसँग नेपालले पछिल्ला चार भेटमा १ जित निकालेको छ भने ओमनले ३ जित निकालेको छ।

विश्वकप लिग २ मा पनि ओमन तालिकाको शीर्ष स्थानमा छ। ओमनले ३३ खेलबाट १९ जित र १२ पराजय ब्यहोर्दै ४० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलमा ६ जित र ६ हार ब्यहोरेको नेपाल १२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ।

नेपाली टोलीले आजको खेलमा ओपनिङमा परिवर्तन गर्ने देखिएको छ। पछिल्लो समय नियमित ओपनिङ गर्दै आएका कुशल भुर्तेल र आशिफ शेखले चोट ब्यहोरेपछि टिमले सुवास खकुरेललाई अमेरिका बोलाएको थियो। भुर्तेल र शेखको ओपनिङमा लय समात्दै गरेको नेपाली टोलीको ब्याटिङमा फेरि चुनौती थपिने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell