
काठमाडौं : पहिराका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड फेरि संचालन भएको हो।
इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक संचालनमा ल्याइएको हो। बुधबार राति ११ः१५ बजेदेखि सडक अवरुद्ध भएको थियो।
रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।