PahiloPost

Jul 3, 2024 | २० असार २०८१

नारायणगढ– मुग्लिन सडक खुल्यो



पहिलोपोस्ट

नारायणगढ– मुग्लिन सडक खुल्यो

मुग्लिनः वर्षासँगै खसेको पहिराका कारण  अवरुद्ध भएको नारायणगढ– मुग्लिन सडक खुलेको छ। सडकका अवरोधहरु हटाएर सडक खुलाएको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको थियो। आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास गरिएको थियो।

पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको  थियो। इच्छाकामना–४ स्थित नाग्दिखोलामा गए राति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell