PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु



पहिलोपोस्ट

गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु

बुटवल : गुल्मीमा ढुंगाले लागेर विद्यालय जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ। सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगाले लागेर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए।

बिहीवार बिहान मैदान-ठूलापोखरा सडक सफाईका क्रममा डोजरले फालेको ढुंगाले लागेर स्थानीय पृथ्वी माविमा अध्ययनरत बालक घाइते भएका थिए। गम्भीर घाइते भएका बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको डीएसपी खरेलले बताए।

बालकको शवलाई पोस्ट मार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell