PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कांग्रेसको चुनावी प्रतिवेदन : गठबन्धन दलमा असन्तुष्टि र आकांक्षा एकैपटक देखियो (पूर्णपाठ)



पहिलोपोस्ट

कांग्रेसको चुनावी प्रतिवेदन : गठबन्धन दलमा असन्तुष्टि र आकांक्षा एकैपटक देखियो (पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरुभित्र असन्तुष्टि र आकांक्षा एकैपटक उत्पन्न भएको बताएको छ। निर्वाचन अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले बुझाएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको परिणमलाई लिएर गठबन्धन दलभित्र असन्तुष्टि पैदा भएको उल्लेख छ।

कांग्रेस नेता प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिले पार्टीका उपसभापति एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक पूर्ण बहादुर खडकालाई प्रतिवेदन बुझाएका हो। उक्त प्रतिवेदनमा टिकट वितरणमा सुधार गर्नुपर्ने उल्लेख छ। 'टिकट वितरण विधानले निर्दिष्ट गरेको समयमा हुनुपर्ने। वैधानिक व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै लोकप्रियता र न्यायको सिद्धान्त स्थापित हुनेगरि परिमार्जन गर्दै अगाडी बढनुपर्ने,'प्रतिवेदनमा भनिएको छ। 

कतिपय वडामा कांग्रेसको क्रियाशील सदस्य संख्या जति पनि मत नआएकोले सदस्यता नविकरण र नयाँ वितरणमा ध्यान दिन पनि प्रतिवेदनमा सुझाइएको छ। चुनावमा कांग्रेसको नारा लोकप्रिय नभएको भन्दै सुधार गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

कांग्रेसले सबैभन्दा धेरै स्थानीय तहको प्रमुख जितेको जिल्ला डोटी भएको बताएको छ। डोटीमा ९ स्थानीय तह मध्य ७ मा आफ्नो पार्टीले प्रमुख पदमा जितेको उल्लेख गरेको छ।  यस्तै दार्चुला र रुकुम पूर्वका स्थानीय तह मध्य कुनै पनि कांग्रेसले जित्न नसकेको कांग्रेसले बताएको छ। मुस्ताङ र डोल्पामा एक/एक स्थानीय तहमा मात्रै कांग्रेसले जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell