PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नहुनु असंवैधानिक'



पहिलोपोस्ट

'इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नहुनु असंवैधानिक'

काठमाडौं : राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने विषयले नेपाली भाषा मासिने बताएकी छिन्।

राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानमा सरकारी कामकाजको भाषा प्रयोग गर्नुपर्ने भनिएको भए पनि त्यसको विपरीत देवनागरी लिपि मास्ने कार्य असंवैधानिक भएको बताएकी हुन्। उनले यस कार्यले राष्ट्रियता कमजोर हुने समेत बताइन्।

सरकारले अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गरेको छ। तर, नम्बर प्लेट नेपालीमा हुनुपर्ने भन्दै माग उठिरहेको छ।

यस्तै, उनले सुदूरपश्चिमको दार्चुलामा हालै एक महिलालाई जलाएर हत्या गरिएको विषयमा सरकारले अपराधीलाई कारबाहीको माग गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell