PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

अमेरिकी प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स काठमाडौंमा



पहिलोपोस्ट

अमेरिकी प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स काठमाडौंमा

काठमाडौं : अमेरिका सेनाको प्यासिफिक कमान्डका कमान्डर जनरल चार्ल्स ए फिल्न काठमाडौं आइपुगेका छन्। नेपाल भ्रमणका क्रममा उनी आज नयाँ दिल्ली हुँदै काठमाडौं ओर्लिएका हुन्।

नेपालमा रहँदा उनले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। राजनीतिक भेटघाटका बारेमा भने केही खुलाइएको छैन।

प्रधासेनापति शर्माको अमेरिका भ्रमणको तयारी चलिरहँदा फिल्न नेपाल आएका हुन्। उनले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उक्त निरीक्षण भ्रमणपश्चात् प्रधान सेनापति शर्माले मित्रराष्ट्र अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ देखि १७ गतेसम्म अमेरिकाको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको निर्देशनालयले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell