PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मेयर बालेनलाई देउवाको आग्रह, ‘स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेर फोहोरको समस्या समाधान गर्नुस्’



पहिलोपोस्ट

मेयर बालेनलाई देउवाको आग्रह, ‘स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेर फोहोरको समस्या समाधान गर्नुस्’
फोटोः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन सम्बोधन गर्नेगरि उपाय खोज्न महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन्। उपत्यकाको फोहोर थुप्रिएको एक महिनाभन्दा लामो समय भए पनि व्यवस्थापन हुन सकेको छैन। फोहोर विसर्जन भइरहेको सिसडोल क्षेत्रका स्थानीयले अवरोध गरेपछि पछिल्लो दिनमा भइरहेका प्रयास समेत असफल हुँदै आएका छन्। 

सडकको फोहोरको समस्या सदनमा समेत चर्किएपछि प्रधानमन्त्री देउवाले बिहीबार नगर प्रमुख शाहलाई बोलाएर व्यवस्थापनमा दीर्घकालीन उपाय खोज्न आग्रह गरेका हुन्। महानगरको योजनामा सरकारले सहयोग गर्ने पनि देउवाले बचन दिएको उनको निजी सचिवालयले जनाएको छ। 
स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेर समस्या समाधान गर्न देउवाले आग्रह गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell