PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

नेपालले टस हार्‍यो, ओमन ब्याटिङमा



पहिलोपोस्ट

नेपालले टस हार्‍यो, ओमन ब्याटिङमा
फाइल फोटो

काठमाडौं: आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको पिअरल्याण्डस्थित मूसा क्रिकेट स्टेडियममा ओमनले टस जितेर नेपालविरुद्ध ब्याटिङ रोजेको छ।

नेपाली टोलीको नियमित ओपनर कुशल भुर्तेल र आशिफ शेखले चोट ब्यहोर्दा सुवास खकुरेल र सुनिल धमलाले टोलीमा स्थान बनाएका छन्।

एकदिवसीय क्रिकेटमा चीर प्रतिद्वन्दी ओमनसँग नेपालले पछिल्ला चार भेटमा १ जित निकालेको छ भने ओमनले ३ जित निकालेको छ।

विश्वकप लिग २ मा पनि ओमन तालिकाको शीर्ष स्थानमा छ। ओमनले ३३ खेलबाट १९ जित र १२ पराजय ब्यहोर्दै ४० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ भने १२ खेलमा ६ जित र ६ हार ब्यहोरेको नेपाल १२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ।

नेपाली प्लेइङ ११

सन्दीप लामिछाने (कप्तान), सुवास खकुरेल, सुनिल धमला, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, शुसन भारी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell