PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सञ्चालनमा आयो सत्यमोहन जोशी स्टुडियो थिएटर



पहिलोपोस्ट

सञ्चालनमा आयो सत्यमोहन जोशी स्टुडियो थिएटर

काठमाडौं: ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ आजबाट सञ्चालनमा आएको छ। गौशालास्थित पिङलास्थानमा आज उद्घाटन गरिएको हो।

नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा ‘स्टुडियो थिएटर’सुरू भएको हो। फिल्म क्याम्पसका प्राध्यापक शिशिर उप्रेती, नेपाल संगीत विद्यालयका संस्थापक सन्तोष शर्मा र एक्टर्स स्टुडियो नेपालका कलात्मक निर्देशक अनुप बरालले संयुक्त रूपमा थिएटरको उद्घाटन गरे।

नेपाल फिल्म क्याम्पसका विद्यार्थीहरूको अभिनयप्रतिको बढ्दो आकर्षण र एक्टर स्टुडियोको अभिनय शिक्षाको दक्षताले सत्यमोहन जोशी स्टुडियो थिएटरको जन्म भएको बताउँछन् उप्रेती। प्रिय तथा अग्रज व्यक्ति सत्यमोहन जोशी दाईको नामबाट थिएटर खुल्नु निकै खुसीको कुरा भएको सन्तोष शर्माले बताए।

थिएटरमा दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ मञ्चन भएको थियो। यो नाटक नयनराज पाण्डेको कथा ‘सर्पदंश’को नाट्य रुपान्तरण हो। यस नाटकले सपेराहरूको कथाका साथै मधेशको गरिबी, शोषण र राजनीतिक अवस्थालाई समेटेको छ। नाटक असार १९ गतेसम्म बुधबारबाहेक मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell