PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्योः १० घटाउँदा निगमले डिजेलमा बढायो १२ रुपैयाँ



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्योः १० घटाउँदा निगमले डिजेलमा बढायो १२ रुपैयाँ

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धि गरेको छ। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँले भाउ बढाएको हो।

मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल १६५ रुपैयाँ पुगेको छ। ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।  

निगमले गत साता पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ भाउ घटाएको थियो। मूल्य समायोजनपछि पनि पाक्षिक रुपमा तीन अर्ब ८९ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell