PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौंको फोहोर रातिमात्रै ढुवानी, लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र : यस्ता छन् सहमतिका बुँदाहरु



काठमाडौंको फोहोर रातिमात्रै ढुवानी, लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र : यस्ता छन् सहमतिका बुँदाहरु

काठमाडौं : काठमाडौं महानगर पालिकाले फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीयसँग १८ बुँदे सहमति गरेको छ। शुक्रवारबाट फोहोर व्यवस्थापन अवरोध हटाउने गरी बिहीवार सहमति भएको हो।

सहमतिसँगै अब फोहोर ढुवानी राति मात्र गर्न पाउने भएको छ। यसका लागि ३ महिनाभित्र बत्ती तथा बाटोको निर्माणको जिम्म महानगरले लिने भएको छ।

गत बुधवारबाट महानगरले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको प्रयास गरे पनि स्थानीय आन्दोलनमा उत्रिएपछि अवरोध भएको थियो। पहिलो दिन प्रहरीले बल प्रयोग गरेर फोहोर व्यवस्थापन गरे पनि दोस्रो दिन फोहोर बोकेको ट्रक फर्किएको थियो।

समस्या समाधान नभएपछि काठमाडौं महानगरका मेयर वालेन्द्र साहले बिहीवारै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।

मेयर बालेनलाई देउवाको आग्रह, ‘स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेर फोहोरको समस्या समाधान गर्नुस्’

भेटपछि स्थानीयसँग सहमति भएको बताइएको छ। यससँगै सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरले महिना दिनभित्र व्यवस्थापन गर्ने र लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने सहमति भएको छ। स्थानीयले बाटोमा लिच्चड चुहाउन नहुने माग गर्दै आएका थिए। यसरी बाटोमा नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने सहमतिपत्रमा उल्लेख छ।

यसैगरी प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण मुआम्बा वितरणलगायतको कार्य गर्ने र प्रभावित क्षेत्रको विकासका लागि महानगरले वार्षिक बजेट विनियोजन गर्ने कार्यसमेत निरन्तरता दिने सहमतिपत्रमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell